नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

बिहिबार, चैत्र ८, २०७४ | ०५:४२:१९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत ८ः नेपालले चैत १८ गते मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

एएफसी एसियनकप छनौट अन्तरर्गत यमनसँगको खेलका लागि नेपाल आइतबार कतार जाँदैछ । यमनसँग आउँदो मंगलबार खेल खेलेपछि नेपाली टोली बुधबार मलेसिया जानेछ ।

ताजकिस्तान, यमन र फिलिपिन्ससहित समूह एफमा रहेको नेपाल छनौटबाट भने बाहिरिसकेको छ । फिफा बरियतामा नेपाल १ सय ६५ औं स्थानमा छ भने मलेसिया १ सय ७८ औं स्थानमा छ ।

प्रतिकृया