बिरामीको उपचार गर्न डा.केसी रोल्पामा

शनिबार, चैत्र १७, २०७४ | ०७:११:२३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

डोल्पा, चैत्र १७ः बिरामीको उपचारका लागि भन्दै डा गोविन्द केसी डोल्पा आइपुगेका छन् । माथिल्लो डोल्पाको धो तराप उपध्यकाकामा रहेका स्थानीयको हाडजोर्नीदेखि अन्य चेकजाच गर्न आफू डोल्पा आएको केसीले बताए ।

माथिल्लो डोल्पामा रहेका बृद्धदेखि अन्य बिरामीले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नु पर्ने भएकोले हड्डी सम्बन्धी समस्या हुने हुँदा आफुले माथिल्लो डोल्पाको धो रोजेको केसीको भनाई छ । दुनैमा रहेका उनी धो पुगेर उपचार थाल्नेछन् । त्यहाँ पुगेपछि उनले तिन दिनको शिबिर सञ्चालन गर्नुका साथै घरघरमा समेत पुगेर उपचार गर्ने योजना बनाएका छन् ।

करिब ४ हजार उचाइमा रहेको डोल्पो बुद्धगाउँपालिकाको धोका स्थानीयलाई उपचार गर्न केहि औषधि आफैले बोकेर ल्याएको केसीले बताए । उपचारमा जिल्लामा रहेका स्वास्थ्यका कर्मचारीको सहयोग रहने उनले बताए ।

हिमपात र चिसोको बीचमा पनि माथिल्लो डोल्पामा उपचार गर्न आएकोमा डा केसीको प्रशंसा गर्दै स्थानीय अगुवा छिरिङफुर्वा गूरुङले आफूहरु सबैखालको सहयोग गर्न तयार रहेको बताए ।

प्रतिकृया