उत्तेजक प्रस्तुती दिने ज्योति मगरमाथि लाग्यो यस्तो प्रतिबन्ध !

मङ्लबार, चैत्र २०, २०७४ | ०८:०६:३४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

jyoti-magarसुनसरी, चैत २०ः वैशाखको पहिलो साता सुनसरीको इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाई प्रतिबन्ध लगाइने भएको छ ।

ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथि प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने जनाईएको छ ।

मगरको नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेकाले त्यस्तो गरिएको हो । ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने बताईएको छ ।

प्रतिकृया