​सलमान खानलाई ५ वर्षको जेल सजाय

बिहिबार, चैत्र २२, २०७४ | ०२:५३:५३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत २२ः कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएको हो । सलमानलाई पाँच वर्षको जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ । अदालतको फैसलाप्रति सलमान खानले अपील गर्न सक्नेछन् । सलमान खानलाई जोधपुरमा रहेको सेन्ट्रल जेलमा राखिने बताइएको छ ।

जहाँ आसाराम बापुलाई राखिएको छ । यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएको थियो ।

प्रतिकृया