दक्षिण कोरियाका पूर्वराष्ट्रपति हेलाई २४ वर्षको जेल सजाय

शुक्रबार, चैत्र २३, २०७४ | ०६:५३:०४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र २३ः दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई २४ वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेकी पार्कलाई त्यहाँको अदालतले २४ वर्षको जेल सजायसँगै १ करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको योन्हाप समाचार संस्थाले जनाएको छ । ६४ वर्षीया पार्कविरुद्ध पदको दुरुपयोग गरेको, राज्यको गोप्य कुरा चुहावट गरेको तथा घुस लिएको आरोप लागेको थियो । _100727018_e0da794c-cb91-45f3-8a78-3a1ce8194c67

पार्कलाई सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो । कोरियाली अभियोजनकर्ताले पार्कविरुद्ध ३० वर्षको जेल सजाय तथा अर्बौं कोरियन वन जरिवाना माग गर्दै मुद्दा दायर गरेका थिए ।

अदालतले आफूविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको भन्दै पहिल्यैदेखि रुष्ट पार्क भने फैसलाका बेला अदालतमा उपस्थित नभएको योन्हापले जनाएको छ ।

प्रतिकृया