आईपीएल क्रिकेट आजदेखि, चेन्नेई र मुम्बई भिड्दैं

शनिबार, चैत्र २४, २०७४ | ०५:१९:२१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत २४ः इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करण शनिबार (आज) देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा चेन्नेई सुपरकिङ्स र मुम्बई इण्डियन्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेपछि मुम्बईको वाङखडे रंगशालामा सुरु हुनेछ ।

तीनपटकको विजेता चेन्नेई भारतीय राष्ट्रिय टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा छ भने मुम्बई भारतीय राष्ट्रिय टीमका उपकप्तान रोहित शर्माको कप्तानीमा छ ।

चेन्नेई भ्रष्टाचारको आरोपमा २ वर्षको प्रतिवन्धपछि यसपटक आइपिएलमा फर्किएको हो ।

चेन्नेईका प्रशिक्षक स्टेफेन फ्लेमिङले २ वर्षको प्रतिवन्धनले टीम र खेलाडीको प्रदर्शनमा कुनै फरक नपर्ने बताएका छन् ।

प्रतिकृया