आईपीएलः चेन्नइको सुखद सुरुवात

आइतवार, चैत्र २५, २०७४ | ०८:०५:४४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र २५ः ड्वेन ब्राभोले विष्फोटक ब्याटिङ गर्र्दै ६८ रन बनाएपछि आईपीएल क्रिकेटमा चेन्नेइ सुपरकिंग्सले विजयी यात्रा सुरु गरेको छ ।

दुई वर्षको प्रतिबन्धपछि आईपीएलमा फर्किएका महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नेइले मुम्बइ इण्डियन्सलाई १ विकेटले हराएको हो । मुम्बइएको वाङखडे स्टेडियममा १ सय ७० रनको लक्ष्य दिएको घरेलु टोलीलाई हराउन ब्राभोले ३० बलमा ७ छक्का र ३ चौकासहित ६८ रन बनाए ।

केदार जाधवले नटआउट २४ रन बनाए । मुम्बइका हार्दिक पाण्ड्या र मायाङ्क मार्कण्ड्यले तीन – तीन विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइका लागि सुर्यकुमार यादवले ४३, क्रुनल पाण्ड्याले ४१ र इसान किसानले ४० रन बनाएका थिए । आईपीएलमा आइतबार बेलुकी दिल्ली डेयरडेभिल्स र किङ्स एलाभेन पञ्जाव खेल्दैछन् ।

प्रतिकृया