नेपाली क्रिकेटर सन्दिपले पहिलो खेल खेल्न पाएनन्

आइतवार, चैत्र २५, २०७४ | ०४:२०:१२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत २५ः इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानेले पहिलो खेलमा खेल्न नपाउने भएका छन् । ICC World Cricket League Division-II , Sandeep Lamichhane

दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेल्दै छ । तर उनी आज मैदान उत्रिने खेलाडीको सूचिमा छैनन् । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन्।

सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् । दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ ।

सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले पनि आजको खेल खेल्ने छैनन् ।

प्रतिकृया