सशस्त्र प्रहरी इन्सपेक्टर अख्तियारको फन्दामा

सोमवार, चैत्र २६, २०७४ | ०३:३५:१० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र २६ः सशस्त्र प्रहरीका इन्सपेक्टर काले बम्जनलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज सुनसरीमाको इन्चार्ज समेत रहेका बम्जनले मातहतका सुरक्षा अधिकारीसँग मिलेर घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।

बिओपी कप्तानगञ्जमा कार्यरत जवान ठाकुर खत्री र नविन खड्काले भारतिय नम्बर प्लेटको गाडी छुटाइदिने प्रयोजनका लागी घुस मागेपछि आयोगले चैत १३ गते २५ हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।

सोही घटनामा अनुसन्धान गर्दै जाँदा कार्यालय प्रमुख समेत रहेका शसस्त्र प्रहरी इन्सपेक्टर काले बम्जनको समेत प्रत्यक्ष संलग्नता खुलेपछि नियन्त्रणमा लिईएको आयोगले जनाएको छ ।

प्रतिकृया