अल्जेरियामा विमान दुर्घटना, २०० जनाको मृत्यु

बुधबार, चैत्र २८, २०७४ | ०४:४२:३४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी, चैत्र २७ः अल्जेरियामा भएको विमान दुर्घटनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । राजधानी अल्जिरमा रहेको बोउफारिक विमानस्थल नजिकै सैन्य विमान दुर्घटनामा परेको हो ।

उक्त सैन्य विमानमा २०० भन्दा बढी सवार रहेको बताइएको छ। विमानमा दर्जनौंको संख्यामा सैनिक र सैन्य सामाग्री रहेको बताइएको छ। उक्त विमान स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार रनवेबाट कालो धुँवाको मुस्लो आएको थियो।

विमानमा लागेको आगो निभाउन १० यन्त्रहरूको प्रयोग गरिएको थियो। त्यस्तै दर्जनौं एम्बुलेन्स विमानस्थलमा देखिएका थिए। विमानको भग्नावशेषबाट दर्जनौंको संख्यामा मृतकहरूलाई निकालिएको छ। विमानस्थलबाट हुने उडान र अवतरणका सेवा तत्काललाई पूर्ण रुपमा स्थगित गरिएको छ।

आपतकालिन सेवा सुरु गरिएका छन्। उद्दार कर्ताकहरू काममा खटिएका छन्। अल्जेरियाको सेनाले स्थानीय सञ्चारमाध्यमलाई कोहीपनि जिवित हुने सम्भावना नरहेको बताएको द सनले लेखेको छ।

प्रतिकृया