​मिस नेपाल २०१८ बनिन् शृङ्खला खतिवडा

बिहिबार, चैत्र २९, २०७४ | ०८:४१:४५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत २९ः मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छन् ।

काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्याइदिएकी थिइन् ।miss nepal

उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । श्रीङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् । उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् ।

यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटीको पनि उपाधि हात पारिन् ।

मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख भइन् ।

प्रतिकृया