नापी अधिकृत अख्तियारको फन्दामा

बिहिबार, चैत्र २९, २०७४ | ०८:२९:०६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, चैत्र २९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबुप्रसाद साहले रु ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार गाइघाटस्थित जग्गाको नक्सा सुधार गर्ने कार्यमा नापी अधिकृत साहले घुस मागेको आरोप लगाएको छ ।

आरोपी शाहलाई नापी कार्यालय उदयपुरको सरकारी निवासबाट पक्राउ गरिएको हो ।

प्रतिकृया