बलात्कार अभियोगमा भाजपा सांसद पक्राउ

शुक्रबार, चैत्र ३०, २०७४ | ११:३२:४९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र ३०ः भारतीय जनता पार्टीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित कुलदीप सेन्गरलाई बलात्कार अभियोगमा पक्राउ परेका छन्।

सेन्गरलाई सिबिआईको टोलीले शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो। उनीविरूद्ध उनाउकी एक १६ वर्षिया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ। मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी छन्।

युवतीका परिवारले मुद्दा दायर भएपछि कुलदीपका भाइले धम्क्याउने गरेको र प्रहरीले पनि यो मुद्दामा कुलदीपलाई नमुछ्न दबाब दिएको बताएका थिए।

युवतीका बुवालाई कुलदीपका भाइले कुटेको एक भिडियो भाइरल भएको थियो। घाइते भएका युवतीका बुवाको प्रहरी हिरासतमै मृत्यु भएको थियो।

प्रतिकृया