रारामा बस्यो प्रदेश मन्त्रिपरिषद् बैठक, के गरे निर्णय ?

शुक्रबार, चैत्र ३०, २०७४ | ०९:१३:५१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

मुगु, चैत ३०ः कर्णाली प्रदेशले आफ्नो समृद्धिका लागि प्रधानमन्त्री ओली राष्ट्रिय महत्वका योजनालाई केन्द्रले सरकारले आफ्नो योजनामा समावेश गर्न अनुरोध गरेको छ ।

शुक्रबार कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख आतिथि बनाएर रारामा मत्रीपरिषदको बैठक बसेको हो। कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक रारामा बसेको छ । बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारसँग विभिन्न अनुरोध गरेको छ । oli-in-rara

बैठकले कर्णालीको प्रवद्र्धनका लागि पर्यटन प्रवद्र्धनका लागि पर्यटन प्राधिकरण बनाई योजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । बैठकले सुर्खेतदेखि हिल्साको सडकखण्डलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा लिएर केन्द्रीय सरकारलाई आफ्नो योजनामा समेटन् पनि अनुरोध गरिएको छ ।

भेरी करिडोर र कर्णाली करिडोरलाई पनि केन्द्रीय योजना र आफ्नो बजेटमा समावेश गरिनुपर्ने बैठकबाट प्रधामन्त्री ओलीलाई आग्रह गरिएको छ । सुर्खेतलाई शहरीकरण गर्ने र एकीकृत बस्ती विकासको लागि गुरुयोजना बनाउन पनि प्रदेश सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग प्रदेश सरकारले कर्णाली प्रदेशको उत्तरी नाका खोल्नका लागि पनि केन्द्र सकारबाट पहल गरिदिन आग्रह गरेको छ । नाका खोल्नका लागि केन्द्र सकारले आफ्नो योजनामा समावेश गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ ।

हुम्लाको हिल्सा, मुगुको नाक्चे नाग्ला, डोल्पाको नाका खोल्नको लागि प्रदेश सकारले केन्द्र सरकारसँग सहयोग मागेको हो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । ओलीले भोलि नै रारा परिसरबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको छ ।

प्रतिकृया