हेटौडाका स्थानीय नेताहरुले देउवालाई भने, ‘राजधानी नसार्दिनुहोस्’

मङ्लबार, बैशाख ४, २०७५ | १२:५२:४० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, बैशाख ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत त्यहाँका स्थानीय नेताहरुले भेट गरी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि मंगलबार नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

यसैबीच नेता देउवाले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको शिलान्यास गरे । विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करीब ११ लाख रुपैयाँको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए ।

प्रतिकृया