कांग्रेस बैठकः पदाधिकारी प्रस्तावको सम्भावना कम

आइतवार, बैशाख ९, २०७५ | १०:४२:३६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, बैशाख ९ः काँग्रेसको स्थगित केन्द्रीय समितिको बैठक आज पुन बस्दैछ ।

बैठकमा सभापति शेर बहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने भनिएपनि आज त्यसको सम्भावना नभएको एक नेताले जानकारी दिए । समीक्षा बैठकको अन्तिम चरणमा सभापतिले पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने बताईएको छ ।

यसैवीच उपसभापतिका आकांक्षी विजय गच्छदारलाई विधानले उपसभापति बन्नबाट रोक्ने भएको छ । महाधिवेशनबाट विजयी केन्द्रीय सदस्य मनोनित पदाधिकारी बन्न योग्य हुनेहुँदा उनको सम्भावना नरहेको बताइएको छ । यसैबीच २२ यूवा केन्द्रीय सदस्यहरूले संयुक्त पेश गर्न लागेको प्रस्तावले अन्तिम रुप पाएको बताइएको छ ।

चैत ९ देखि निर्वाचन समीक्षाको लागि डाकिएको काँग्रेस बैठक नेता खुमबहादुर खड्काको निधनछि चैत १७ देखि रोकिएको थियो ।

प्रतिकृया