म चितवन रिल्याक्स गर्न आएको होइनः प्रचण्ड

बुधबार, बैशाख १२, २०७५ | ११:५६:२७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन, वैशाख १२ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफू चितवन ुरिल्याक्सु गर्नका लागि मात्र नआएको बताएका छन् ।

प्रेस सेन्टरले चितवनको विकास र समृद्धिका बारेमा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चितवनको विकासका लागि नयाँ सम्भावनाको खोजी गरिरहेको बताए । चितवनलाई नमूना विकासको जिल्ला बनाउने अभियानमा आफू रहेको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रले चितवनको विकासबाट सिक्न सक्ने गरी काम गरिने बताए ।

चितवनलाई पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यको हव बनाउन सकिने उनको तर्क छ । उनले जिल्लामा रहेका नदी, राष्ट्रिय निकुञ्जको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए ।

जिल्लामा के आवश्यक छ भन्ने विषयमा आफूले चासोका साथ हेरिरहेको पनि उनले जानकारी गराए।

प्रतिकृया