यसरी गरे मोदीले मुक्तिनाथमा पुजा अर्चना (भिडियो सहित)

शनिबार, बैशाख २९, २०७५ | ११:४९:४२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Rss_Images_1526105003633_RT_Baglung20180512_0013काठमाडौं, बैशाख २९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।
योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद सुवेदीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि १०८ धारामा जल शेचन गरेका मोदीलार्इ बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीले योबीचमा मुक्तिनाथ मन्दिर परिसरमा झण्डै १ घण्टा बिताए ।

शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदी केहीबेरमा जोमसोम जाने र त्यहाँबाट हेलिकोप्टर परिवर्तन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

काठमाडौं आएपछि मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन ग्रहण गर्नेछन् ।

मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिकृया