दुई दिने भ्रमण सकेर फर्किए भारतीय प्रधानमन्त्री मोदी

शनिबार, बैशाख २९, २०७५ | ०६:४०:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Rss_Images_1526128076828_NP_KTM_20180512_IMG_3666काठमाडौं, बैशाख २९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकिएर फर्किएका छन् ।

अपरान्ह मोदी त्रिुभवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेका हुन् । मोदीलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदाई गरेका थिए । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँुदै शुक्रबार काठमाडाँै आउनुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गर्नुभएको थियो ।

काठमाडाँैमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उहाँ दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी हुनुभयो ।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडाँैमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उहाँको यो तेस्रो नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुग्नुभएको थियो ।

नेपालको विकासमा शेर्पा बन्न तयार छु : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए ।

नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए ।
‘तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’

अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’

प्रतिकृया