सत्यमोहन जोशी आजदेखि पुगे सय बर्ष

आइतवार, बैशाख ३०, २०७५ | १२:०३:०३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

satyamohan joshiकाठमाडौं, बैशाख ३० : शताब्दी पुरूष सत्यमोहन जोशी आजदेखि १०० वर्षमा प्रवेश गरेका छन्। जोशी सय वर्ष पुगेको अवसरमा उनको ललितपुरस्थित घरमा सुभेच्छुकहरू पुगेर बधाई र शुभकामना दिएका थिए।

बाबु शंकरदास ९शंकरराज० जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मिएका हुन्।

सत्यमोहन जोशीले लोकसंस्कृतिका लागि पहिलोपटक वि।सं। २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि।सं। २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि।सं। २०२८ सालमा मदन पुरस्कारसमेत पाए।

उनी पिता शंकर जोशी र माता राजकुमारीको जोशीका जेठा छोरा हुन्। उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन्।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटक सम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०,नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन्।

प्रतिकृया