ओली र मोदीले उद्घाटन गरेको जनकपुर–अयोध्या बस ग्यारेजमा थन्कियो

बुधबार, जेष्ठ २, २०७५ | १२:१३:१० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

busजनकपुर, जेठ ३ : जनकपुरबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर अयोध्या पठाएको यात्रुवाहक बस अनिश्चितकालका लागि गरेजमा थन्किएको छ ।

मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बससेवा नियमित सन्चालन हुन कम्तिमा ६ महिना कुर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

गत चैत २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या सीधा बससेवा र रामायण सर्किटको घोषणा गरेका थिए । प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर फर्किएपछि थन्किएको हो । रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्गमा जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बससेवा रोकिएको हो । बस सेवा सन्चालनका लागि आवश्यक प्राबिधिक प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सीधा बस नियमित सन्चालन हुन नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थलहरु लगायतका प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सन्चालन हुने बताए । त्यसका लागि दुवै देशको संयुक्त कमिटी बैठक बस्न लागेको समेत उनले जानकारी दिए ।

दुवै देशका प्रधानमन्त्री भेट हुने अवसर बिरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सन्चालन गरिएको मन्त्रालयलले जनाएको छ । माता सीताको जन्मस्थल जनकपुर र भगवान रामको जन्मस्थल अयोध्यालाई जोड्न दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको घोषणासमेत गरिसकेका छन् ।

प्रतिकृया