त्रिभुवन विमानस्थल अव २१ घण्टा खुल्ने

सोमवार, जेष्ठ ७, २०७५ | १२:१२:३८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, जेठ ७ : एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप साढे २ घण्टा खुल्ने भएको छ। विमानस्थलमा भएको एयर ट्राफिक कम गर्न भन्दै सरकारले विमानस्थल संचालन समयावधि थप गर्ने सबै तयारी पुरा गरेको जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा समावेस गरेको उक्त कामको तयारी पुरा भएको र आजदेखि विमानस्थल २१ घण्टा खुल्ला हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

विहान ६ बजेदेखि बेलुका साढे १२ बजेसम्म संचालन हुँदै आएको विमानस्थल अबदेखि विहान ३ बजेसम्म संचालन हुने छ।

७२ जना एयर ट्राफिक कन्ट्रोलरमार्फत् तीन सिफ्टमा काम भइरहेको छ। त्यसमध्येबाट अन्तिम सिफ्टलाई समय थप गरेर विमानस्थलको संचालन अवधि बढाइने प्रवक्ता ठाकुरले जानकारी दिए।

‘अहिले ७२ जना एटिसी रहेका छन् अहिले पनि हामीले तीन सिफ्टमा काम गरेका छौं त्यहीमध्येबाट अन्तिम सिफ्टलाई समय थप गर्ने हो’ ठाकुरले सेतोपाटीसँग भने।
यसरी समय थप हुँदा अन्तिम सिफ्टमा काम गर्नेले सेवा र सुविधा पनि थप पाउनेछन्।

यसअघि भ्रमण वर्ष २०११ मा २४ घण्टा विमानस्थल संचालन गर्ने भनिएपनि संचालन हुन सकेको थिएन। विमानस्थलमा क्षमताभन्दा बढी उडान अवतरण हुने भएपछि पछिल्लो समय एयर ट्राफिक जाम बढ्दै गएको थियो।

विमानस्थलको संचालन समय बढाउनका लागि नागरिक उड्डय प्राधिकरणले एयर ट्राफिक प्रोड्युसर पारित गरिसकेको छ।

विमानस्थलमा रहेका अन्य संघसंस्थाहरुसँग छलफल गरेर उनीहरुलाई सहमत गराउने काम योबीचमा भएको विमानस्थल प्रशासनले जानकारी दिएको छ।

‘यहाँ हामीलेमात्र तयारी गरेर हुँदैन, यहाँको प्रहरी, भन्सार एयरलाइन्स सबैलाई यसमा सहमत र उनीहरलाई पनि तयार पारेर समय थप गर्ने भएका हौं’ठाकुरले भने।
यसअघि एयर ट्राफिक कन्ट्रोलरहरुको संघले जनशक्ती र साधनको अभाव भएको भन्दै तत्काल समय थप नगर्न सचेत गराएको थियो।

विमानस्थलजस्तो संवेदनशिल ठाउँमा कसैलार्य जवरजस्ती काममा लगाउनु दुर्भाग्यपुर्ण हुने भन्दै संघले तत्काल जनशक्ती गरी स्रोतसाधनयुक्त बनाउनुपर्ने सुझाव पनि दिएको थियो।

मन्त्रीको योजना स्वागतयोग्य भएपनि पर्याप्त तयारी ठोस अध्ययन विना तत्काल हचुवाको भरमा २१ घण्टा चलाउँदा हवाई सुरक्षामै चुनौति थपिनसक्ने संघको चेतानवी छ।
एटिसीको आवस्यक दरबन्दीभन्दा कम कार्यरत रहेको र व्यवस्थापन र सहुलियतको व्यवस्था नरहेकोले तत्काल विमानस्थल संचालन समय बढाउनु असम्भव हुने संघको धारणा छ।

संघले अहिले ७२ जनामात्र रहेका एटिसीको संख्या ९० जना पु¥याउनुपर्ने र कार्य समय तालिका पनि परिवर्तन गर्नुपर्ने सुझाव दिएको थियो। ओभर टाइमको आकर्षक सुविधा दिनुपर्ने लगायतका सुझाव संघको थियो।

प्रवक्ता ठाकुरले भने एटिसीहरुको संख्या थप गर्दै जाने र तत्कालको लागि भएकाहरुलाई सेवासुविधा बढाएर आभेर टाइम थप गर्ने निर्णय भएको र त्यसमा एटिसीहरु पनि सहमत भएको बताए।

विमानस्थ्ल आजदेखि ३ बजेसम्म संचालन भएपनि नियमित सेड्युल भने कसैले राखेको छैन। समर सेड्युल सबैलाई दिइएकोले एयरलाइन्सहरु कसैले पनि थपिएको समयमा सेड्युल नराखेको ठाकुरले बताए।

‘अहिले सुरुमा कसैले पनि सेड्युल राखेका छैनन् तर पनि विस्तारै एयरलाइन्सहरुले राख्छन्’ उनले भने,‘विशेषगरी मध्यपुर्वबाट उडान गर्नेहरुले रात्रिकालिन समयमा उडान गर्ने इच्छा देखाएका छन्।’

यसहिसाबले सुरुका केही महिना थपिएको समयमा डिले भएका जहाज उडान तथा अवतरण गर्ने र डाइभर्ट भएकाहरु आउनेमात्र हुने निश्चित भएको छ।

प्रतिकृया