प्रचण्डले भने, ‘प्रत्येक्ष राष्ट्रपति अर्को चुनावको एजेण्डा’

आइतवार, जेष्ठ २७, २०७५ | ११:१०:०९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

prachandaकाठमाडौं, जेठ २७ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । यद्यपि, चुनावका प्रत्येक्ष राष्ट्रपतिको एजेण्डा हुन सक्ने बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘आजको यो एजेण्डा होइन । अहिले सुशासन र समृद्धिको एजेण्डामा केन्द्रित छौं ।’

उनले संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे चर्चा चलेको तर, तत्काल सम्भव नभएको बताए । साथै राजपालाई पनि सरकारमा ल्याउन बालुवाटारमा छलफल भएको भन्दै उनले यसबारे थप कुरा हुने बताए ।

प्रतिकृया