आजदेखि संसदमा वजेटका विषयमा मन्त्रालयगत छलफल सुरु

बुधबार, जेष्ठ ३०, २०७५ | १०:४२:०४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको बैठकमा बुधबारदेखि बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदैछ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/0७६ को बजेटमाथि मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि अब संसदमा बिस्तारमा छलफल हुनेछ ।

यसअघि जेठ २७ गतेदेखि नै सुरु हुने भनिएको छलफल मन्त्रालयले आफ्नो बजेट दिन नसकेका कारण स्थगित भएको थियो । संघीय संसद सचिवालयले बजेटको मन्त्रालयगत छलफलको सम्भावित नयाँ कार्यसूचि प्रकाशित गरिसकेको छ ।

यस्तो छलफलका लागि असार ९ गतेसम्मको समय तोकिएको छ । बुधबार चार मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजेपछ बस्नेछ ।

प्रतिकृया