टप १६ टिममा परेपछि मेस्सीले भने, ‘हामीलाई ठूलो राहत मिल्यो’

बुधबार, असार १३, २०७५ | ११:४३:३५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

messiकाठमाडौं, असार १३ : लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी नाइजेरियामाथि रोमाञ्चक जित हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेको छ ।

दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना त्यस बेलासम्म विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा थियो, जबसम्म म्यानचेष्टर युनाइटेडका मार्कोस रोजेले भली गोल गरेनन् । ८६ औं मिनेटमा उनले गरेको उत्कृष्ट गोलले अर्जेन्टिना २-१ ले विजयी मात्र भएन, विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।
अब उसको भेट फ्रान्ससँग हुनेछ । समूह चरणको दुई खेलमा प्रदर्शन, खलाडी छनोट सबैलाई लिएर अर्जेन्टिनी टिमको खुबै आलोचना भयो । तर, अब के त रु के समस्याहरुलाई एकातिर थाती राखेर अर्जेन्टिना अघि बढ्न सक्छ रु

हामीलाई ठूलो राहत मिल्योः मेस्सी

क्रोएसियासँग ३-० ले हारेपछि अर्जेन्टिनी टिमका विषय धेरै टिकाटिप्पणी भए, प्रशिक्षक हल्लाहरु चले । अहिलेसम्मकै खराब टिमको उपमा पनि पायो ।

टिममा भएको हरेफेरसँगै अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गर्‍योे र १४ औं मिनेटमा लिओनल मेस्सीको उत्कृष्ट गोलसँगै अग्रता पनि लियो ।

दोस्रो हाफको सुरुमा पेनाल्टीमा गोल खाएपछि अर्जेन्टिनालाई धक्का लाग्यो । तर, रोजोको गोलसँगै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

‘यो कठिन अवस्था हो,’ दोस्रो हाफ सुरु हुनुअघि टनेलमा मेस्सीले टिमका सदस्यहरुलाई भनिरहेका थिए ।

‘यो हामी सबैका लागि ठूलो राहत हो । हारपछिका कठिन दिनहरु पनि हामी सबैका लागि खुसी मिलेको छ । भाग्यवस हामीले आफ्नो लक्ष्य पुरा गर्‍यौं,’ उनले भनेका छन् ।
रेफ्रीले खेल सकिएको जनाउ दिएपछि प्रशिक्षक साम्पाओलीले मेस्सीलाई अंकमाल गरेका छन् । मेस्सीले हरेक पटक आफू अरुभन्दा उत्कृष्ट भनेर सावित गरेको भन्दै उनले भनेका छन्, ‘तर, उनलाई टिममेटले सहयोग गर्नुपर्छ ।’

‘उनको मानवीयता अदभुत छ । उनी रुन्छन् र भावुक हुन्छन् । जब अर्जेन्टिनाले जित्छ, खुसी हुन्छन् । उनले आफ्नो भावनाहरु साट्नु महत्वपूर्ण छ । धेरै मानिसहरु भन्छन् कि मेस्सी अर्जेन्टिनाका लागि खेल्दा रमाउँदैनन् तर, म सहमत छैन । मेरा खेलाडीहरु मनदेखि नै खेल्छन्, उनीहरु साच्चै लडाकू छन् ।’

प्रतिकृया