विश्वकपमा सबैभन्दा बढि गोल गर्ने किर्तिमान बनायो ब्राजिलले

मङ्लबार, असार १९, २०७५ | १२:०८:०४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

brazilकाठमाडौं, असार १९ : ब्राजिलले विश्वकप फुटबलमा गोलको नयाँ कीर्तिमान बनाएको छ।

पाँच पटकको विश्व विजेता ब्राजिलले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने टोलीको नयाँ कीर्तिमान बनाएको हो।

ब्राजिलले विश्वकप २२८ गोल गरेसँगै नयाँ कीर्तिमान बनाएको हो।

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको खेलमा सोमबार मेक्सिकोविरूद्ध २ गोल गर्दै उक्त कीर्तिमान बनाएको हो।

यसअघि जर्मनीको नाममा २ सय २६ गोलको कीर्तिमान रहेको थियो ।

आज ब्राजिलका लागि २२७औं गोल नेयमारले गरे भने २२८ औं गोल फिर्मिनोले गरे।

प्रतिकृया