बर्षाले सप्तरीमा राजमार्गको महुली पुल भासियो
बुधबार, असार २०, २०७५ |
११:४३:४६ am
मा प्रकाशित
सप्तरी, असार २० : सप्तरीको माहुली पुल भासिएको छ । लगातारको वर्षापछि महुली खोलामा आएको बाढीले पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको हो ।
सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली पुल ५० मिटर जति भासिएको जानकारी दिए ।
पुल भासिए पनि सवारी आवागमन भने यथावत भइरहेका छन् । एसपी सिंहले भाँसिएको पुलको दक्षिणतिरबाट सवारी पास गराइएको बताए ।
सप्तरीमा मंगलबारदेखि वर्षा भएको छैन् । तर पहाडी क्षेत्रमा भएको वर्षाले खाँडो, महुलीलगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह लगातार बढ्दै गएपछि खाँडो नदी आसपासका बासिन्दा त्रसित बनेका छन् ।
प्रतिकृया