संसदीय सुनुवाई समितिमा राष्ट्रिय सभाबाट तीन जना चयन

शुक्रबार, असार २२, २०७५ | ०१:२६:४४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

rrrकाठमाडौं, असार २२ : राष्ट्रियसभाले संसदीय सुनुवाई विशेष समितिमा तीन सदस्य मनोनित गरेको छ ।

सभाको शुक्रबार बसेको बैठकले समिति सदस्यमा सुमन प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्रनारायण देवको नाम अनुमोदन गरेको हो ।
प्रतिनिधिसभाको सुनुवाई समितिको भने टुंगो लागेको छैन । सभामुख कृष्णबहादुर महराले दलहरुलाई समितिमा रहने सदस्यहरुको नाम पठाउन भनेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय समितिका सभापतिहरुको भागबण्डा हुनु पर्ने भन्दै नाम दिएको छैन ।

प्रतिकृया