नेकपाको नियमावली परिमार्जनका लागि ७ सदस्यीय समिति

शनिबार, असार २३, २०७५ | ०१:५८:२७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

nekapaकाठमाडौं, असार २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको हो ।
बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको कार्यदललाई ३ दिन समय दिइएको छ । कार्यदललाई नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशन गर्ने कार्यादेश दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बिहीबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिएको थियो । स्थायी समिति बैठकमा नेताहरुले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिइने प्रवक्ता श्रेष्ठले बताए ।

कार्यदलले तयार पार्ने नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर त्यही दिन प्रकाशनका लागि पठाउने निर्णय भएको छ ।

नेकपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबार सचिवालय बैठक बोलाएको छ ।

प्रतिकृया