देउवाले भने, ‘सपथ खादा बैधानिक प्रदेश प्रमुख अहिले कसरी अवैधानिक?’

शनिबार, असार २३, २०७५ | ०२:०७:२२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

रामेछाप, असार २३ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा गरिएका निर्णयहरू अहिलेको सरकारले बदर गरेकोमा आपत्ति जनाएका छन्।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भदौ १४ देखि फागुन २ सम्मका निर्णयहरू बदर गर्ने निर्णय गरेको दुई दिनपछि शनिबार देउवाले प्रतिक्रिया दिँदै ‘सपथका बेला वैधानिक हुने प्रदेश प्रमुख अहिले कसरी अवैधानिक भएरु’ भन्ने प्रश्न गरेका हुन्।

सरकारले प्रदेश प्रमुखहरू हटाउने तयारी गरेको चर्चा चले पनि अहिलेसम्म कसैलाई हटाएको भने छैन।

ओली सरकारले विधिको शासन र संविधान विपरीत हुने गरी काम गर्दै हिँडेको देउवाले बताए ।

शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले विरोध गर्ने ठाउँ खोस्नु अधिनायकवादको संकेत भएको आरोप लगाए। निर्वाचन आयोगसँगको सहमति लिएर नै आफ्नो कार्यकालमा नियुक्तिहरू गरेको उनको भनाइ थियो।

प्रतिकृया