गंगामायाँले तत्काल अनशन नतोड्ने

सोमवार, असार २५, २०७५ | ०५:१०:५५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

ganga maकाठमाडौं, असार २५ : आफ्नो छोराको हत्यारालाई कारबाहीको माग राख्दै आएकी गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् ।

उनका छोरा कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनशन तोड्न आग्रह गरेका छन् ।
तर, गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् । छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्य कहाँ छ भन्ने प्रश्न गरेकी छन् ।

भेटमा उपस्थित मानवअधिकारकर्मी सुवोध प्याकुरेलले भने, ‘उहाँले अनशन तोड्न मान्नुभएन ।’

मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गनर्े लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । तर, सरकारी टोलीले लिखित सम्झौताको म्याण्डेट नलिई आएकाले सम्भव नभएको एक अधिकारीले बताए ।

प्रतिकृया