नेकपामा ७० बर्षे उमेर हद गायव

बुधबार, असार २७, २०७५ | ०३:२३:४८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठामाडौं, असार २७ : तत्कालीन नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम गरिएको थियो । त्यही उमेर हदका कारण भरतमोहन अधिकारी केन्द्रीय सदस्य बन्न पाएनन् ।

पार्टी विधानको त्यही व्यवस्थाले सिद्धिलाल सिंह पनि केन्द्रीय समितिबाट विदा लिएर जेष्ठ कम्युनिष्ट मञ्चतिर जान बाध्य भए । मोदनाथ प्रश्रतिले त झनै विधानको व्यवस्था लागू हुनुअगावै स्वेच्छिक अवकाश लिए ।

एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद कायमै रहेको भए आगामी महाधिवशेनमा धेरै नेताहरुले केन्द्रीय कमिटीबाट हात धुनुपर्ने हुन्छ । तर, एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनाउने क्रममा अहिले ७० वर्षे उमेर हद सुटुक्कै गायब भएको छ ।

उसो त यसअघि तत्कालीन एमालेमा शीर्षनेताहरुले यो ७० वर्षे उमेर हद त्यति धेरै रुचाएका थिएनन् । बामदेव गौतमले त आफूलाई अध्यक्ष हुन नदिन यो व्यवस्था ल्याएको भन्दै सार्वजनिक रुपमै ७० वर्ष उमेर हदको विरोध गरेका थिए ।

वि।सं २००५ सालमा जन्मिएका नेता गौतम अहिले नै ७० वर्ष पुगिसकेका छन् । विधानमा उमेर हदको व्यवस्था कायमै गरिएको भए आगामी महाधिवेशनमा गौतम केन्द्रीय सदस्यसमेत बन्न पाउने थिएनन् ।

यदि एकीकृत पार्टीको अन्तरिम विधानमा पनि यो व्यवस्था कायम गरिएको भए गौतम मात्र होइन, केपी शर्मा ओली पनि उमेर हदकै कारण अध्यक्ष बन्न पाउने छैनन् । किनभने, नेकपाले अबको २ वर्षमा एकता महाधिवेशन गर्ने भनेको छ । एकता प्रक्रियाका धेरै काम बाँकी नै रहेकाले महाधिवेशन गर्दा ०७८ साल लाग्यो भने २००८ सालमा जन्मेका केपी ओली त्यसबेला ७० वर्ष पुग्नेछन् । केपी ओलीभन्दा एक वर्ष कान्छा माधवकुमार नेपाल र झलनाथ खनाल पनि आगामी महाधिवेशनसम्म ७० को नजिक पुग्नेछन् ।

तर, एमालेको विधानको प्रावधान नहटाइएको भए पनि भावी अध्यक्षका दाबेदार रहेका माधवकुमार नेपाललाई आगामी महाधिवेशनमै उमेर हद लाग्ने थिएन ।

नेकपाका अध्यक्ष प्रचण्ड अहिले ६४ वर्ष पुगेका छन् । विधानमा ७० वर्षे उमेर हद तोकिएको भए केपी ओलीभन्दा ३ वर्ष कान्छा रहेका प्रचण्डलाई अध्यक्ष बन्न सबैभन्दा सजिलो हुनेथियो ।

नेकपाका अन्य नेताहरुमध्ये नारायणकाजी श्रेष्ठ ५८ वर्षमात्र पुगेका छन् भने विष्णु पौडेलको उमेर ५९ वर्ष छ । त्यस्तै ईश्वर पोखरेल ६५ वर्ष र रामबहादुर थापा बादल ६३ वर्ष पुगेका छन् । पार्टीको एकीकृत विधानमा ७० वर्षे प्रावधान राखिएको अवस्थामा ओली, वामदेवलगायतका नेतालाई जति ‘रिस्क’ थियो प्रचण्ड, ईश्वर पोखरेल लगायता नेतालाई उति नै अवसरको ढोका खुल्ने थियो ।
तर नेकपाका अध्यक्ष ओलीले विधानबाट ७० बर्षे उमेर हद गायव गरेका छन् ।

प्रतिकृया