पानी छोएको भन्दै कुटपिट गर्ने दुई जनलाई जेल सजायको फैसला

बुधबार, असार २७, २०७५ | ०३:३२:४३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार २७ : पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।

जिल्लाको बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि गत वैशाखमा कुटपिट भएको थियो ।

महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातिय भेदभाव गरी गालीगलौज तथा कुटपिट भएको ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको हो ।

साथै गिरीलाई १० हजार जरिवाना पनि तोकेको छ । अदालतले पीडितलाई पचास हजार क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।

प्रतिकृया