८२ जना नेपाली इन्टरपोलको सुचीमा

बिहिबार, असार २८, २०७५ | ०३:५४:०१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

interpolकाठमाडौं, असार २८ : नेपालमा अपराध गरेर विभिन्न देश भागेका ८१ जना नेपाली र २ जना विदेशी गरी ८२ जनाका नाममा नेपाल प्रहरीले अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस् जारी गरेको छ।

नेशनल क्रिमिनल ब्यूरो नेपाल ९एनसीबी० को तथ्यांक अनुसार ८१ जना नेपाली र २ जना विदेशी गरी ८३ जनाको नाममा नेपाल प्रहरीको अनुरोध पछि इन्टरपोल मुख्यालयले रेड नोटिस् जारी गरेको हो।

गएको २ साता अघि तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका ४ आरोपीलाई नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड नोजिस् जारी गर्‍यो।

उनीहरु नेपालमा नभएको प्रहरीलाई एकिन भएपछि एनसीबी नेपालले इन्टरपोल मुख्यालयलाई रेड नोटिसमा राख्न अनुरोध गरेको थियो।

प्रहरीले पछिल्लो २ वर्षमा मात्र ६८ जना नेपालीका नाममा रेड नोटिस जारी गरेको छ।

रेड नोटिसमा जारी भएका नागरिक १ सय ९३ देशको प्रहरी खोजी सूचिमा हुन्छन्।

रेड नोटिस जारी भएका ब्याक्ति इन्टरपोल सदस्य राष्ट्र भएको जुन सुकै देशमा जाँदा पनि पक्राउ पर्छन् र त्यसरी पक्राउ परेपछि कुन देशले जारी गरेको हो त्यही देशमा खबर गर्ने र आवश्यक प्रक्रिया पुरा गरी फिर्ता दिने गरिएको छ।

नेपाल प्रहरीले रेड नोटिस् जारी गरेका २१ जनालाई विभिन्न मितिमा विभन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

जसमा १२ जना विदेशबाट र ११ जना नेपालको विभिन्न स्थानबाट पक्राउ गरी सम्बन्धीत निकाएको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी अन्य मुलुको प्रहरीले रेड नोटिस् जारी गरेका ६ जना विभिन्न देशका नागरिकलाई नेपाल प्रहरीले नेपाल भित्र पक्राउ गरी सम्वन्धीत देशमा फिर्ता पठाएको छ।

नेपाल प्रहरीले एक जना भारतीय नागरिक, एक जना अमेरिकी नागरिक, एक जना कोरियन नागरिक र ३ चिनियाँ नागरिकलाई पक्राउ गरि सम्वन्धीत देशको प्रहरी जिम्मा लगाइएको प्रहरी तथ्यांक छ।

त्यसअघि सम्म नेपालले १३ नेपाली र २ जना विदेशी गरी १५ जनाको नाममा रेड नोटिसमा राखेको थियो।

त्यसैगरी एनबीसी नेपालले २० जना नेपाली र २ जना विदेशी गरी २२ जनाका नाममा डिफ्यूजन नोटिस् जारी गरेको छ।

नेपालमा विभिन्न अपराध गरेर विदेश लुक्ने तथा संगठीत रुपमा अपराध हुने गरेका कारण रेड नोटिसको तथ्यांक बढेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले बताए।

प्रवक्ता थापा क्षेत्रीले भने, ‘पहिला अपराध गरेर देशमा लुक्ने चलन थियो, अहिले अपराधको प्याटन बदलिएको छ, नेपालमा अपराध गर्ने र बाहिर लुक्ने गरेकाले हामी इन्टरपोलको सहयोगमा त्यस्ता अपराधीलाई पक्राउ गर्दै आएका छौं।’

प्रहरीले सक्रिय रुपमा अनुसन्धान गरेकै कारण विदेशमा भएका अपराधीले पनि छुटकारा नपाउने उनको दाबी थियो।

‘विदेशमा बस्ने अनि सहयोगी मार्फत नेपालमा विभिन्न खालका आपराधिक क्रियाकलाप सञ्चालन गर्ने प्रचलन बढ्यो हा मीपनि त्यही अनुसार प्रस्तुत हुदै आएका छौं,’ उनले भने, ‘अपराध गरेर जुन सुकै देशमा लुके पनि सुख पाईदैन सजाय भोग्नैपर्छ त्यसको केही उदारण हामीले देखिसकेका छौं।’

प्रतिकृया