श्रम मन्त्रालयको निर्णय विपरित बायोमेट्रिक मेडिकलहरुलाई कारवाही

मङ्लबार, साउन १, २०७५ | ०२:४३:१७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

llकाठमाडौं, साउन १ : सरकारले श्रम तथा रोजगार मन्त्रालयको निर्णय विपरित मलेसिया जाने कामदारका लागि बायोमेट्रिक स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुलाई कारवाही गरेको खुलेको छ ।

गत जेठ २ गते श्रम मन्त्री गोकण विष्टले सदर गरेको निर्णयमा बायोमेट्रिक स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुलाई कारवाही गर्ने कुनै निर्णय भएको छैन । बरु हाल कायम रहेका ३९ वटा बायोमेट्रिक मेडिकल गर्ने संस्थाहरु मात्रै नभई मन्त्रालयमा सुचीकृत सबै स्वास्थ्य संस्थालाई खुला गर्ने उल्लेख छ । ‘एकपक्षिय रुपमा तोकिएका ३९ वटा स्वास्थ्य संस्थाहरुबाट मात्र स्वास्थ्य परीक्षण गराउनु पर्ने प्रावधान हटाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकी स्वीकृत गरेका र यस मन्त्रालयमा सुचीकृत भएका जुनसुकै स्वास्थ्य संस्था मार्फत गरिने स्वास्थ्य जाँच मान्य हुने व्यवस्था गर्ने’ श्रम तथा रोजगार मन्त्रालयको जेठ २ गतेको निर्णयमा भनिएको छ ।
मन्त्रालयले बायोमेट्रिक गर्ने स्वास्थ्य संस्थाहरु सुचीकृत सबैलाई खुला गर्ने निर्णय गरेपनि उनीहरुमाथि अनावस्यक रुपमा ठगी मुद्दा लगाएको छ । ‘कानुन अनुसार स्वास्थ्य मन्त्रालय, श्रम तथा रोजागार मन्त्रालय लगायताक निकायमा दर्ता भई स्वीकृती लिएर चलेका मेडिकलहरुले ठगे भनेर मुद्दा हाल्नु भनेर श्रम मन्त्रालयले कुनै निर्णय गरेको छैन’ मन्त्रालयकै एक उपसचिवले भने, ‘मन्त्रालयलेनै ३९ वटा मात्रै संस्थालाई होईन, मन्त्रालयमा दर्ता भएका अन्य संस्थालाई पनि खुला गर्ने निर्णय गरेको हो, कहाँबाट मुद्दा लगाईयो हामीले पनि बुझ्न सकेका छैनौ ।’
मन्त्रालयले मलेसिया जाने कामदारका लागि विभिन्न सेवा दिने भन्दै शुल्क लिने भिएलएन, माईग्राम र जिएसजि सर्भिस दिनेलाई मात्रै बन्द गराउने निर्णय गरेको हो । तर बायोमेट्रिक स्वास्थ्य परिक्षण गराउने संस्था भने झन थप गरेर सहज बनाउने निर्णय गरेको छ ।

हेर्नुहाेस्  श्रम मन्त्रालयकाे निर्णय:


ggg1

ggg

प्रतिकृया