जापानको टोकियोमा ‘सुन्दरीजल जेल’

सोमवार, साउन १४, २०७५ | ०२:१८:४० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

bp sटोकियो, साउन १४ : जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक जननेता बिपी कोइरालाको जेल जीबनबारे बिस्तृत जानकारी मुलक “इतिहासको जेल” नामक वृतचित्र जापानको टोकियोमा प्रर्दशन भएको छ ।

३७ औ वी.पी. स्मृति दिवसको अवसर पारेर बी.पी. चिन्तन र गणेशमान फाउन्डेशन जापान तथा बी.पी. संग्रालय काठमाडौको संयुक्त आयोजनामा आइतवार वृतचित्रको प्रर्दशनि गरिएको हो। बीपी संग्राललयका अध्यक्ष पर्शुराम पोखरेलको प्रमुख आतिथ्यमा पर्दशन गरिएको उक्त बृत्तचित्रमा कोइरालाको राजननीति इतिहास र जेल वीवनका बारेमा चित्रिण गरिएको छ ।

उक्त वृतत्रिचमा बी।पी र अर्का नेता गणेशमान सिंहले तत्कालिन राणा शासनमा सुन्दरीजलमा रहेको एकान्त कारागाररमा बिताएका जेल जीबन र त्यहाको अवस्थाबारे चित्रण गरिएको छ ।

कार्यक्रममा बीपी संग्रालयका अध्यक्ष पोखरेलले धेरै समयको मेहनत र संघर्षले संग्रालय निर्माण गरिएको स्मरण गराउनु भयो । उहाले बीपी नेता र पुर्व प्रधानमन्त्री मात्र नभई एक युग पुरुष भएको बताउनु भयो । ‘जो दुरदर्शी, विकास प्रेमी र प्रजातन्त्र स्थापित गर्ने महान उदेश्य भएका महान व्यक्ति पनि हो बीपी कोइराला’ पोखरेलले भने ।
पोखरेलले वीपीका विषयमा चिन्तन गर्न कांग्रेस पार्टीभित्र अध्ययन र मनन गर्न धेरैले छाडेकोमा चिन्ता व्यक्त गदै त्यसलाई बचाउन आफु यस संग्रालय मार्फत लागेका जानकारी दिए । कार्यक्रममा वीपी चिन्तन तथा गणेशमान फाउन्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठले बीपी र गणेशमानको उपयोग दर्शन र चिन्तन विश्वमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।

bbb

उनले बीपीको समाजवादको चिन्तन राष्ट निर्माण , विकास र लोकतन्त्र बलियो पार्न उपयोगी सिदान्त् रहेका कारण सबै बुद्विजिवी वर्ग र समाजका अगुवाहरुले ज्ञान राखन आवश्यक रहेको महसुश गदै जापानमा पनि आधिकारीक रुपमा सो संस्था दर्ता गरिएको जानकारी दिए ।

श्रेष्ठले विश्वमामानब ले जान्नु पर्ने ,चिन्तन गर्नु पर्ने नया दार्शनिक सिदान्त र दर्शनहरु,समाज उत्थान का नया आयामहरु, अनुसन्धान मुलक कृति हरु संलग्न गरि प्रत्येक बर्ष ३ भन्दा बढी उपलब्धिमुलक कार्यकम हरु नेपाल तथा जापान बासि स्वदेशी तथा बिदेशी बुद्विजीवी वर्गहरुसंग छलफल र अन्र्तक्रिया गदै समुन्नत समाज निर्माण मा टेवा पुग्ने गरि क्रियासिल हुने जानकारी दिए ।

बीपी तथा गणेशमान चिन्तन जापानकी सचिव जापानी नागरीक ईमुरा हिरोकोले प्रख्यात प्रजातान्त्रिक नेता बि।पीको जेल जीबनबारे वृतचित्र जापानमा हेर्न पाउदा खुशी व्यक्त्त गरिन् । कार्यक्रममा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानंग,बुद्धिजिबी विभिन्न सामाजिक, राजनीतिक दल तथा संघ संस्थाहरुहका प्रतिनिधीहरु सहभागी भइ इतिहास को जेल वृतचित्र रुचिपुर्बक हेर्नु भएको साथै सकारात्मक दृष्टिकोण दिनु भएको थियो । आउदा दिनहरुमा वीपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापान र वीपी संग्रहालय समिति नेपालबीच बौद्धिक दर्शन, विचार ,सिद्धान्त लगायतका विषयमा विशेष कार्यकमहरु गर्दै समाज समाजलार्इ अझ बढी जागरुक एबं समुन्नत बनाउन सहकार्य गर्दै जाने सहमति पनि भएको छ ।

प्रतिकृया