पारस खड्काको चौथो विकेट, नेपालको आठौ सफलता

बुधबार, साउन १६, २०७५ | ०६:११:४७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

parash kकाठमाडौं, साउन १६ : नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ।

नेदरल्याण्डस्‌कै घरेलु मैदानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले आठौं सफलता हात पारेको छ। नेपालका लागि कप्तान पारस खड्काले व्यक्तिगत चौथो विकेट लिएका छन्।

यसअघि सोमपाल कामीले २ तथा बसन्त रेग्मी र सन्दिप लामिछानेले १-१ विकेट लिए।

सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए।

ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे। कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट पारेपछि नेपालले दोस्रो सफलता पायो। त्यसपछि माइवर्गलाई सन्दीपले बोल्ड आउट गरेका थिए।

त्यसपछि वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए।

त्यसपछि डच टोलीका बास डे लिडलाई सोमपालले ३३।४ ओभरमा विकेट किपर अनिल साहको हातबाट आउट बनाए।

पिटर सिलार ५ तथा माइकल रिप्पोन ४७ रन बनाएर खेलिरहेका छन्।

प्रतिकृया