नेपाल एयरले ६ वटा नयाँ विमान किन्न सरकारसँग माग्यो ५ अर्ब

बिहिबार, साउन १७, २०७५ | १२:२३:४७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

RNAC--Bulding_20100527081951काठमाडौं, साउन १७ : नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ ।

वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो ।

यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि विमान किन्न सरकारले निगमलाई ५ अर्ब उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ ।
निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्‍याउन सरकारसमक्ष प्रस्ताव गरिएको छ । र, त्यसैअन्तरगत पहिलो चरणमा ५ अर्ब मागिएको हो ।

‘२० अर्ब चुक्तापुँजीका लागि पहिलो किस्ताबापत ५ अर्ब दिन प्रस्ताव गरेका हौं । क्रमैसँग सरकारले थप १५ अर्ब चुक्ता पूँजी थप्नुपर्छ,’ उनले भने,’त्यही ५ अर्बबाट हामी नयाँ ट्वीनअटर किन्ने योजनामा छौं ।’

निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै छ । ठूलो कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी थोरै हुँदा वित्तीय जोखिम उच्च हुन्छ ।

त्यसैकारण अब चुक्तापूँजी बढाएर त्यसलाई जहाजको संख्या वृद्धिमा लाग्नुपर्ने तर्क निगम व्यवस्थापनको छ । जसमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सकारात्मक छन् ।

अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा ६ अटा ट्वीननटर विमान किन्न निगमलाई सैद्धान्तिक स्वीकृति दिने उल्लेख गरेका थिए । त्यसैअनुसार अहिले निगमका लागि ६ वटा नयाँ विमान किन्नका लागि प्रक्रिया अघि बढेको छ ।

प्रतिकृया