नेकपाले न्यायलयमा हस्तक्षेप गरेको भन्दै कांग्रेसद्धारा बैठक बहिष्कार

शुक्रबार, साउन १८, २०७५ | ०२:५०:४० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

congressकाठमाडौं, साउन १८ : प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीका सम्बन्धमा मतदान प्रक्रियाबाट निर्णय लिने निर्णय भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक सुनुवाइ विशेष समिति बैठक बहिष्कार गरेको छ ।

दुई तिहाइ बहुमतको आडमा संविधानविरोधी निर्णय लिन लागिएकाले भन्दै बैठक बहिष्कार गरिएको कांग्रेस सांसद भिमसेनदास प्रधानले जानकारी दिए।

बैठकबाट बाहिरिदै ५ बुँदामा आफ्नो असहमति जाहेर गरेको छ।

१५ सदस्यीय समितिमा कांग्रेसका ४ सदस्य छन् । यस्तै नेकपाका ९ र राजपा तथा संघीय समाजवादी फोरमका १-१ सांसद छन् ।nv sunuai

प्रतिकृया