काठमाडौंको काडाघारीबाट वालक अपहरण

सोमवार, साउन २१, २०७५ | १२:०७:५० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

balakकाठमाडौं, साउन २१ : काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालकको अपहरण भएको छ।

सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ।

खड्का आइतबार बेलुकादेखि हराएका थिए।

अपहरणकारीले सोमबार बालकको परिवारसँग फिरौती रकम मागेका थिए।

बालकलाई अपहरण गरेको भन्दै चालिस लाख रुपैयाँ फिरौती रकम मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

‘प्रहरीले अनुसन्धान गर्दैछ’, उनले भने,‘ खोजी कार्य जारी छ।’

परिसरका एसएसपीसहित १ सय जनाको टोली बालक खोज्न परिचालन गरिएको छ।

प्रतिकृया