इन्डोनेसियामा शक्तिशाली भुकम्प, ८० भन्दा बढिको मृत्यु

सोमवार, साउन २१, २०७५ | १२:२३:५९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

ind earthquakeकाठमाडौं, साउन २१ : इन्डोनेसियामा शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ।

इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ८२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतवारको भूकम्पले लोम्बोकको १० किलोमिटर उत्तरतिर केन्द्रविन्दु बनाएको थियो।

सयौं मानिस घाइते भएका छन्। भूकम्पका कारण हजारौं घरहरु भत्किएका छन्। विद्युत आपूर्ति बन्द छ।

लोम्बोकको छिमेकी आइल्याण्ड बालीमा पनि भूकम्पको धक्का महसुस भएको छ। बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ।

भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएको थियो। तर केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको समाचार संस्था एपीले जनाएको छ।ind

एक सताअघी मात्रै लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर नै ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यो भूकम्पमा परी कम्तिमा १६ जनाले ज्यान गुमाएका थिए।

धेरैजसो कमजोर निर्माण सामग्रीबाट बनाइएका लोम्बोक आइल्याण्डको प्रमुख शहर मातारामका भवन भत्किएका छन्। मातारामका धेरै क्षेत्रमा विद्युत आपूर्ति बन्द छ।

भूकम्पमा परी घाइतेको माताराम तथा बालीका अस्पतालका उपचार भइरहेको छ। उनीहरूलाई अस्पताल खाली गराएर सडकमा उपचार भइरहेको छ।

प्रतिकृया