भक्तपुरमा अपहरित बालकको हत्या, दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

सोमवार, साउन २१, २०७५ | ०२:०९:३१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

gunकाठमाडौं, साउन २१ : आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।

अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।

लगत्तै, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ ।
आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

उनीहरु मंगोलिय वर्णका २७ वर्षका जस्ता देखिने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

प्रतिकृया