हेटौडाको ओम्याक्स फिल्म हलमा आगालागी

बुधबार, साउन २३, २०७५ | ०१:२०:५१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

hallकाठमाडौं, साउन २२ : हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।
बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो २ तले भवनको सबैभागमा फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

०६५ सालमा ३ डी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानीमा निर्माण गरेको फिल्म हलमा आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिकृया