सोमबारदेखि बैदेशिक रोजगारका सबै विवरण एउटै पोर्टलमा

मङ्लबार, भदौ १९, २०७५ | ११:१३:३९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

labour urlकाठमाडौं, भदौ २० : सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ ।

यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।
श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै सिस्टममा हुनेछ । कामदारको सम्पुर्ण विवरण पासपोर्ट नम्वर हानेकै भरमा भेटिनेछ । कुनै पनि व्यक्तिको उजुरी गुनासो समेत अनलाइन सिस्टममा आवद्ध हुनेछ ।

सिस्टममा कुन संस्थाका फाइल कुन कर्मचारीको टेबलमा पुगेर अड्एिको छ भनेर हेर्न सकिन्छ । चित्तबुझ्दो कारण विना फाइल अड्काइएमा मन्त्रालयलार्इ ‘एक्सन’ लिन सजिलो हुनेछ ।

सोमाबारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्न सुरु हुनेछ । अहिलेसम्म यसको थालनी भएको छैन ।

रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् । विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा उत्तर दिन नसक्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्यांक व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।

प्रतिकृया