मन्त्री हेरफेर गर्ने विषयमा ओली–प्रचण्ड छलफल

बुधबार, भदौ २०, २०७५ | ११:५२:४५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

oli prachandaकाठमाडौं, भदौ २० : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ ।

पार्टीका तल्लो तह एकीकरण तथा सरकारमा मन्त्रीहरुको कार्यक्षमता हेरेर परिवर्तन गर्ने विषयमा दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

सरकारको कामकारबाहीबारे आलोचना बढेपछि मन्त्री हेरफेरका विषयमा समेत दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। ओली र दाहालबीच मंगलबार पनि छलफल भएको थियो।

प्रचण्डले मंगलबार पत्रकारहरूसँग सरकार र मन्त्रीहरूका विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा सुरु भएको बताएका थिए। काठमाडौंको खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका थिए।

उनले आफ्नो(अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताएका थिए।

सरकार र पार्टी एकताका विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी भएको पनि उनले जानकारी दिएका थिए।

प्रतिकृया