जापानी लगानीकर्तालाई नेपाल जान राजदुतको आग्रह

आइतवार, अशोज ७, २०७५ | ०२:२४:१५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Japan Emabssy2टोकिया, असोज ६ : जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न अाग्रह गरेकी छन् ।

संविधान दिवशको दिनमा टोकियोमा दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायलाई बोलाएर नेपालमा लगानीमैत्री वातावरण भएको बताएकी हुन् । राजदुत राणाले व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले संविधान जारी भएको दिन नेपालीको इतिहासमा निकै महत्वपूर्ण भएको बताईन ।japan_Embassy

‘संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न भएको छ’ राजदुत राणाले भनिन्, ‘अव प्रधानमन्त्रीज्युको ‘समृद्ध नेपाल खुशी नेपाली’को सोचलाई यथार्थतामा परिणत गर्न आर्थिक विकास र समृद्धि हासिल गर्न नेपाल सरकार अघि बढिरहेको छ ।’
राजनीतिक स्थीरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदी कारणले विदेशी लगानाीका लागि नेपाल उपयुक्त मुलुक भएकाले जापानी लगानीकर्तालाई लगानीका लागि अाउन उनले अाग्रह गरिन् ।

नेपालको प्राकृतिक सुन्दरता, २०२० लाई भिजिट नेपाल बर्ष बनाउने सरकारको घोषणा र निकट भविष्यमै नेपाल र जापानबीच सिधा हवाई सेवाका विषयमा चर्चा गर्दै नेपालमा लगानीको लागि नेपाल जापान संसदीय मैत्री लिगका सदस्यहरुले भुमिका खेल्न पिन उनले आग्रह गरिन् । साथै राजदुत राणाले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारले खेलेको योगदानकाे प्रस‌सा गर्दै धन्यवाद दिईन ।
कार्यक्रमका प्रमुख अतिथि जापानी विदेश उपमन्त्री आईवा मोरीले नेपालमा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएर लोकतन्त्रकाे उच्चतम अभ्यास भएको बताएका थिए । उनले नेपालमो चुनावमा जापान सरकारले पनि परेवेक्षण गरेको स्मरण गर्दै नेपालकाे लोकतन्त्र सुदृणीकरणका लागि जापान सरकारले पनि सहयोग गरेको बताए ।

उनले नेपाल र जापानबीच वलियो आर्थिक, सामाजिक तथा साँस्कृतिक सम्वन्ध रहेको चर्चा गर्दै आगामी दिनमा झन् यो सम्वन्ध प्रागाढ बन्ने विश्वास व्यक्त गरे । नेपाल जाने जापानी पर्यटकहरुको संख्या बढ्दाेक्रममा रहेको बताउदै मोरीले दुइ देशबीच सिधै हवाई सेवा सुरु भएपछि थप पर्बयटककाे स‌‍ख्या बढ्ने बताए ।
संविधान दिवशको अवसरमा जापानस्थित नेपाली दुतावासले असोज २, ३ र ४ गते दिपावली गरेको थियो भने ४ गते जापान टाईम्स र जापान न्युज पत्रिकामा राष्ट्रिय दिवश विषेशांक प्रकाशन गरेको थियो ।

प्रतिकृया