भन्सारमा कडाई, सिसिटिभि र लाईभ मनिटरिङ

मङ्लबार, अशोज ९, २०७५ | ०४:०९:३७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

cctvकाठमाडौं, असोज ९ : सरकारले भन्सार राजश्व चुहावट नियन्त्रणका लागि भन्सार कार्यालयहरुमा ‘लाइभ मनिटरिङ’मा कडाइ गरेको छ ।

आन्तरिक रुपमा मिलेमतो र लापरवाहीका कारण हुने चुहावट रोक्न लाइभ मनिटरिङलाई ब्यापक बनाइएको हो । मूल्यांकनको आधार तय गर्ने सूचना मूल्यसूचीमा पनि पहिलेभन्दा दरहरु भन्दा बढाएर न्युन बिजकीकरण रोक्न खोजिएको छ ।

विभागले अहिले मुख्य भन्सार कार्यालयहरुमा सिसी क्यामेरालाई ब्यापक रुपमा प्रयोग ल्याएको छ । हरेक समयमा भन्सार यार्डदेखि कार्यालयहरुसम्मको लाइभ मनिटरिङलाई अहिले विस्तार गरिएको छ ।
भन्सार कार्यलयमा हुने हरेक गतिविधिको निगरानी अहिले केन्द्रीय स्तरबाटै भइरहँदा राजश्वको असुलीमा त्यसको सकाकरात्मक प्रभाव देखिन थालेको छ । भदौ महिनामात्रै विभागले लाइभ मनिटरिङबाटै थप ४ करोड राजश्व उठाएको विभागका उपहमानिर्देशक नारायण सापकोटाले जानकारी दिए । गत वर्षहरुमा राजश्व उठ्तीमा लाइभ मनिटरिङ खासै प्रभाकारीव देखिएको थिएन ।

यो वर्षबाट भने भन्सार विभागले भन्सारहरुमा हुने मूल्यांकनलाई पनि निकै कडाइका साथ हेरिरहेको छ ।

प्रतिकृया