नेवा:खल जापानले गर्यो बृहत नेवारी भोज कार्यकम

मङ्लबार, अशोज ९, २०७५ | ०५:३०:३७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

42470072_233846980620002_7774628651076681728_nटोकियो, असोज ९ : नेवा:खल जापान नेवार समुदायको आयोजनामा टिपिकल नेवार भोज कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोको कासाई रिङकाई पार्कमा आयोपजत कार्यक्रममा आफ्ना जातिय कला संस्कृति, भेष भुषाको प्रदर्शन गरिएको थियो ।
जापान बासी नेवारहरुलाई एकबद्ध बनाइ नेवारी कला सस्कृति भेष भुषाको सम्बर्धन गर्ने कार्यक्रमको उदेश्य थियो । साथै जापानिज सस्कृति संग एकाकार गर्दै जापानमा रहेका नेपाली तथा जापानिजहरु माझ यसको प्रोमोसन गर्ने उदेश्य कार्यक्रमको थियो ।
गत आइतबार सम्पन्न कार्यक्रममा जापानमा बसोवास गरेका धेरै जसो नेवारी समुदायको सदस्यहरुको उपस्थिति थियो ।
कार्यकममा जापानभरि बसोबास गर्दै आउनु भएको विभिन्न पेशामा आबद्ध नेवार समुदायको सदस्यहरु ख्यातिप्राप्त क्षेत्र का राजनीतिज्ञ ,प्राध्यापक ,वकिल ,इन्जिनियर,डाक्टर,ब्यापारी ,पत्रकार ,कर्मचारी ,खेलाडी ,कलाकार , बिधार्थी ,गृहणी लगायतको बाक्लो सहभागिता र उपस्थिति भएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व प्रकास लाल श्रेष्ठले गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अथिती डा.बलराम श्रेष्ठ, बिषेश अतिथि महेश श्रेष्ठ र अतिथिहरुको रुपमा सुनिल शाक्य ,भुपि गोबिन्द श्रेष्ठ, ईन्दिरा सुज़ुकी ,सबिता श्रेष्ठ,अनिता गुरूङ, सिद्धार्थ श्रेष्ठ,सुजन जोशी, राजन श्रेष्ठ, बिकास श्रेष्ठ ,उत्तम श्रेष्ठ ,निकेश श्रेष्ठ ,नारायण खड्का र सकुल प्रजापति लगायतको सहभागिता थियो । उनीहरुले कार्यक्रममा नेवारी कला सस्कृतिको महत्वका विषमया धारणा समेत राखेका थिए ।

कार्यक्रममा उत्कृष्ठ नृत्य र लक्की गेम विनरलाई प्रमुख अतिथि डा बलराम श्रेष्ठ र बिशेष अतिथि महेश श्रेष्ठबाट पुरस्कार प्रदान गरीएको थियो । उक्त कार्यकमको नेवारी भोज तयारी तथा सम्पुर्ण संयोजन र ब्यबस्थापन सबिता श्रेष्ठले गर्नु भएको थियो ।
कार्यकममा नेवारी लोक नृत्य, नेवारी पोसाक ,नेवारी गित संगीत ,धिमे बाजा ,नेवारी सम्मे बजी, नेवारी भोजको अति नै अविस्मरणीय स्वाद र नेपाल झल्झली सम्झना आउने परिकारको खानपिन गरि सबै नेवारीजन् ले एकता को सन्देश प्रबाह गरेका थिए । 42431236_2274974082530479_2467317583221620736_n42417314_270550703668259_5649568030896685056_n42399287_473921803101900_1439074203214020608_n42381494_330509474190760_6520942235838578688_n

प्रतिकृया