प्रहरी प्रमुखलाई वर्खास्त गर्न नेकपाकै विद्यार्थी संगठनको माग

बिहिबार, अशोज १८, २०७५ | ०३:५०:३९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

ANNSFUकाठमाडौं, असोज १८ : नेकपाको विद्यार्थी संगठन अखिल र अखिल ९क्रान्तिकारी० ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् ।

सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्न गर्नु पर्ने उल्लेख गरेको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग गरिएको अखिलका नेता आरसी लामिछानेले बताए ।

उनीहरूले निर्मला हत्याकाण्डको छानविन समितिको निष्कर्ष सार्वजनिक गर्न समेत माग गरेका छन् ।

प्रतिकृया