प्रदेश ७ को नाम सुदुरपश्चिम राख्नु दुर्भाग्य : पूर्वमन्त्री बलायर

बिहिबार, अशोज १८, २०७५ | ०४:००:३७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Bir-bahadur-balayarडडेलधुरा, असोज १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उनको तर्क छ ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको सुनाए । पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उनको भनाइ छ ।
‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ’ उनले भने, ‘हाम्रा सांस्कृतिक धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ ।’ उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले किन सुदूरपश्चिम राखियो भन्ने प्रश्न गरे ।

प्रदेशको स्थायी मुकाम धनगढी तोकिँदा मन्त्री रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाएका छन् । साथै उनले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको बताएका छन् ।
प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्षमा भण्डारी चयन

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अविधेशनबाट अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन । युनियनको जिल्ला सम्मेलनबाट भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिमा उपाध्यक्ष खुल्लामा योगेन्द्र रावल, उपाध्यक्ष समावेशीमा भानबहादुर बिक, सचिवमा पुष्कर भण्डारी, सह(सचिव कञ्चन थापा मगर, कोषाध्यक्षमा राम बहादुर खत्री, त्यस्तै सदस्यहरुमा आशिष मल्ल, गणेशबहादुर थापा मगर, पदम जोरा, गजेऽ ऐर, कलावती देउवा, प्रमिता ऐरी, र रविना आले चयन भएका छन् ।

प्रतिकृया